काठमाडौँ — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकार विस्तारको तयारी भइरहेका बेला गृहमन्त्री पदका लागि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम प्रमुख रूपमा चर्चामा आएको छ।
स्रोतहरूका अनुसार सुशासन, कडाइ र पारदर्शिताप्रतिको स्पष्ट दृष्टिकोणका कारण खरेललाई गृहमन्त्रीको लागि उपयुक्त उम्मेदवारका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।
प्रहरी सेवामा रहँदा खरेलले भ्रष्टाचार, आपराधिक गतिविधि र अनियमितताविरुद्ध चालेका कडा कदमहरूले सार्वजनिक रूपमा धेरै प्रशंसा पाएका थिए। सुरक्षा संयन्त्रमा लामो अनुभव, प्रशासनिक दक्षता र नीतिगत प्रतिबद्धता उनका विशेषता मानिन्छ।
यद्यपि गृहमन्त्रालयका लागि अन्य केही नामहरू पनि राजनीतिक वृत्तमा छलफलमा रहेका छन्, हालको सन्दर्भमा खरेलको नाम सबैभन्दा अगाडि रहेको चर्चा तीव्र बनेको छ।




















