काठमाडौँ — पूर्व अर्थसचिव रामेश्वर खनाल अन्तरिम सरकारमा अर्थमन्त्री बन्ने भएका छन्।
जेन–जी आन्दोलनका कारण कांग्रेस–एमाले नेतृत्वको दुई तिहाइ सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो। प्रधानमन्त्री कार्कीले मन्त्री छनोट प्रक्रिया अन्तिम गर्दै खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने निष्कर्षमा पुगेकी छन्।
चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय देखाउनुपर्ने बाध्यता रहेको र यस्तो अवस्थामा खनाल नै उपयुक्त पात्र ठहरिएको जेन–जी समूहका निकट स्रोतले बताएका छन्।
खनाल तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग नीति–निर्णयमा सहमति नजुट्दा अर्थसचिवबाट राजीनामा दिएर चर्चामा आएका थिए।




















