काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रदेश तथा जिल्ला तहका नेताहरूसँग छलफल गरेका छन्।
आइतबार आयोजित भर्चुअल छलफलमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न र पार्टी गतिविधि निरन्तर सञ्चालन गर्न सुझाव दिएका छन्। उनले क्षति भएका ठाउँमा मुकुल्का उठाएर मात्र सरसफाइ गर्न र पार्टी नेतृत्वको आलोचना नगर्न समेत निर्देशन दिएका छन्।
एमालेका अनुसार, २०८२ भदौ २४ को जेनजी आन्दोलनका क्रममा पार्टीको केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश र जिल्ला कार्यालयमा आगजनी र तोडफोड भएको थियो।




















