काठमाडौं — नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनका बक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन्। पदबहाली लगत्तै उनले यो कदम चाल्दै बक्यौता असुलीलाई प्राथमिकता दिने बताएका हुन्।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि उनले यो रकम असुल्ने पहल गरेका थिए। तर, तत्कालीन सरकारले त्यसमा रोक लगाएको कारण असुली प्रक्रिया अघि बढ्न सकेको थिएन। मन्त्री बनेसँगै उनले पुनः उक्त प्रक्रिया सुरु गर्ने तयारी संकेत गरेका छन्।




















