काठमाडौं—नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज १६ गते सोमबार बिहान ११ः५३ बजे बडादसैंको टीका लगाउन शुभ साइत रहेको जनाएको छ।
समितिका अनुसार दुर्गापक्षको प्रारम्भ असोज ६ गते सोमबारबाट हुनेछ, जसलाई नवरात्रारम्भ पनि भनिन्छ। घटस्थापनाको शुभ साइत सोही दिन बिहान ९ः१३ बजे परेको छ।



















