• तस्वीरहरू, भरतपुरबाट : केशव थापा (निरू) 
  • चुम्लिङटार र रातमाटेबाट : ललित चन्द

चितवन—मुग्लिङ - नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउन नसक्दा ३६ घण्टादेखि यात्रु, सवारीसाधन र यातायात श्रमिकहरू सडकमा बिचल्ली छन् । 

असोज ३ गते साँझ साँढे ६ बजेदेखि आज असोज ५ गते बिहान ८ बजेसम्म सडक अवरुद्ध छ। 

तुइन खोलादेखि भरतपुर करिव ३५ किलोमिटर र मुग्लिङदेखि नागढुङ्गासम्म करिव सय किलोमिटरसम्म सडकमा सवारीसाधन, यात्रु र मजदुरहरू अलपत्र छन् । 

असोज ५ गते बिहान ७ बजेदेखिनै सडक डिभिजन कार्पयालय भरतपुरले पहिरो पन्छाउने काम सुरू गरेको छ । तर, पहिरो खस्ने क्रम निरन्तर भईरहेकाले पहिरो हटाउन समस्या भइरहेको जनाएकोछ ।

 पहिरो खसिरहेकाले यातायात आवागमन सुचारु हुन अझै समय लाग्ने जनाएको छ । 

बाटोमा फँसेका हजारौँ यात्रुहरु र यातायात मजदुरहरु ठाउँ ठाउँमा समस्यामा परेकाछन् । कतिपय स्थानमा यात्रुहरू र सुरक्षाकर्मीबीच वादविवाद भएकोछ । सवारीसाधन र सडकमै रात गुजारेका यात्रु र मजदुरहरू खाध्यान्न र पानीको समस्यामाछन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले तत्काल सबै स्रोत साधनको प्रयोग गरि पहिरो पन्छाउँदै वावागमन सुचारू गर्न सरकारसंग माग गरेकाछन् । 

अध्यक्ष राईले यातायात आवागमन नभएसम्मका लागि विपद्मा परेका यात्रु र मजदुरहरूलाई खानेपानी, खाध्यान्न उपलब्ध गराउन र तत्काल उद्धार गर्न सरकारसंग आग्रह गरेकोछ ।  उनिहरुको उद्धारमा 

तस्वीरहरू

May be an image of 14 people

0f88bac6-eeca-4867-bc0b-94ef6d00b9a42c85c44d-5e43-4e61-93a3-84a69264af3f264effae-79fa-4511-bc48-d27c262bd111

dfdde3eb-280d-4104-acfc-879b61349489