काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले कुनै हतारमा घोषणा गर्नेभन्दा पनि विशेषज्ञको सुझाव संकलन गरेर मात्र निर्णय लिने बताए।
मन्त्री पुनले भने, “अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु। सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ। जो जो राम्रो आउँछन्, राम्रो मान्छेको सुझाव लिएर सकेसम्म छिटो कार्यान्वयन गर्ने काम हुन्छ।”
उनले आफू अचानक मन्त्री बन्नु परेको भन्दै अहिले नै ठूला घोषणाहरू नगर्ने स्पष्ट पारे।




















