काठमाडौं—गृहमन्त्री ओमप्रकाश अर्यालले पीडितहरूको उजुरी आए झापाको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खुल्ने जानकारी दिएका छन् ।

उनले अहिलेको राज्य संयन्त्रमा यस्ता काम गर्न कुनै अवरोध नरहेको उल्लेख गरे । सोमबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा गृहमन्त्री अर्यालले यससम्बन्धिस उजुरी अख्तियार वा प्रशासनमा आउनुपर्ने बताए ।

‘पहिले उजुरी आउनसुपर्‍यो । उजुरी अख्तियरामा पनि आउनुपर्‍यो । प्रहरी प्रशासनमा पनि आउनुपर्‍यो’ उनले भने,’कोही ठगिएका छन् भने प्रहरी प्रशासनमा आएपनि हुन्छ । अथवा हाम्रो नोटिसमा लिखित रुपमा ल्याइदिनुभयो भने पनि हुन्छ ।’

उनले मन्त्रीले चाहीँ उजुरी हाल्दै नहिँड्ने बताए । ‘कोही नागरिकले जग्गाका लागि बैना दिनुभएको छ,पीडित हुनुहुन्छ कि ? बैना पनि संकलन गरियो । त्यही बैना सायद रिसवतको रुपमा पनि प्रयोग भयो कि ? त्यही बैना वापतको पैसा निर्णय गराउने प्रक्रियामा खर्च गरियो कि ?