काठमाडौं—जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।
ढुंगानाले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ । भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्छ कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।’
उनले जेनजी आन्दोलनमा संलग्न सबैलाई एक ठाउँमा आउन आह्वान गर्दै भने कि पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने निर्णयमा छन् ।
ढुंगानाका अनुसार, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो । त्यो मुद्दालाई सुन्नुपर्छ । हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ ।’
उनले विदेशमा रहेका नेपालीले भोट हाल्न सक्ने व्यवस्था मिलाउनुपर्ने, र भ्रष्टाचार अन्त्य गर्न नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि सर्तका रूपमा राखेका छन् ।
घिमिरेले केही वर्षदेखि रास्वपाको कानुन विभागसहित अन्य विभागहरूमा कानुन, नीति, नियमावली र पार्टी विधान मस्यौदा कार्यदलमा रहेर योगदान दिएका थिए ।
उनले विशेषगरी प्रवासी नेपाली र गैर आवासीय नेपालीसँग सम्बन्धित कानुनहरूको गहन अध्ययन गरी उनीहरूका समस्या समाधानका लागि कानुनी मस्यौदा तयार पारेका थिए ।
गैर आवासीय नेपालीलाई नेपालको विकास निर्माणमा जोड्ने उद्देश्यले नागरिकता, लगानी लगायतका कानुनमा संशोधन आवश्यक रहेको सुझाव उनले दिएका थिए । साथै, संविधान र कानुन संशोधनको पहल गर्न रास्वपाले अग्रसर हुनुपर्ने धारणा उनले निरन्तर उठाउँदै आएका थिए ।
रवि लामिछानेको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा कानुन विज्ञको रूपमा भूमिका निर्वाह गरेका घिमिरे अन्य अदालतहरूमा लामिछानेविरुद्ध दायर मुद्दाहरूमा भने संलग्न थिएनन् ।


