काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना नेताहरूलाई सचिवालय सदस्यमा मनोनीत गरेको छ। शनिबार भर्चुअल रूपमा बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यका रूपमा चयन गरेको हो।

चारै जनालाई कार्यवाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन्। पार्टी सचिवालयका अनुसार, उनीहरू यसअघि आमन्त्रित सचिवालय सदस्यका रूपमा रहेका थिए।

यस मनोनीयनपछि रास्वपाको सचिवालय सदस्य संख्या १० बाट बढेर १४ पुगेको छ।