काठमाडौं—‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। हिराप्रसाद सेती उर्फ किरण विक अध्यक्ष रहेको दल दर्ताका लागि आयोगनमा निवेदन दर्ता गराइएको हो। पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ राखिएको छ।

प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको दलको केन्द्रीय कार्यालय काठमाडौँको अनामनगरमा रहेको निवेदनमा उल्लेख छ।

किरण विक अध्यक्ष रहेको पार्टीमा मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव तथा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ सचिव छन्।

साथै, युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भका रूपमा उल्लेख गरिएको छ।