काठमाडौं—नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य दामोदर अर्यालले सुशीला कार्की नेतृत्वको सरकार सम्भावित मन्त्रीहरुको नाम सुनेपछि पार्टी नेतृत्व र वाम गठबन्धनका शीर्ष नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आफ्नो फेसबुक स्टाटसमार्फत अर्यालले लेखेका छन् —
“सम्भावित मन्त्रीहरूको नाम सुन्दा केपी र प्रचण्डहरूको थप आलोचना गर्न मन लाग्यो। यिनिहरुले वाम आन्दोलन नबरालेको भए, नभत्काएको भए आज हाम्रो देश यो हालतमा पुग्दैन थियो।”
अर्यालले अझ लेखेका छन् —
“इतिहासको कठघरामा उभिएर यिनिहरुले जबाफ दिनुपर्ने दिन आउँदैछ। कमरेडहरु ! स्थिति थप बिग्रिदैछ। प्रतिवादको तयारी गर्नका लागि पनि हामी भित्रकै खराब अङ्गको शल्यक्रिया गर्न जरुरी देखियो।”




















