केही मान्छेहरु भन्छन,- "तत्काल पार्टी एकता गर्नु पर्यो"।
म तिनीहरुलाई सोध्छु, -"किन पार्टी एकता तत्काल गर्नु पर्यो" ?
उनिहरु भन्छन, -"चुनाव आउन लाग्यो । एकता गरिएन भने चुनावमा हामी सत्यानाश हुन्छाै । पार्टी समाप्त हुन्छ" ।
अनि म भन्छु,-"चुनाव जितियो भने पार्टी जोगिन्छ" ?
उनिहरुको जवाफ थियो,-"जोगिन्छ नि !"
अनि मैले भने,-"एमाले र काङ्ग्रेसको संसदमा लगभग दुई तिहाई थियो । ओलि हेलिकप्टर चढेर भाग्नु पर्याे, शेर बहादुरले आफ्नै घरमा कुटाई खाए । चुनाव मात्र जितेर पार्टी र उसको नेता जोगिने रहेछ त ?"
उ झोक्कियो र मलाई "एकता बिरोधि" भनेर हिड्याे ।
वास्तवमा पार्टी निति,नेतृत्व र एजेण्डा ठिक भयाे भने चुनाव जित्न कुनै गार्हाे छैन । ठिक एजेण्डा बाेक्ने पार्टी रातारात ठुलाे हुन्छ ।
भ्रष्टाचारको एजेण्डा बाेकेर रवि आए, उनको पार्टी रातारात ठुलाे भयाे । रवि स्वयं भ्रष्टाचारी रहेछन भन्ने कुरा थाहा भएपछि आज उनि जेलमा छन र उनको पार्टी पनि समाप्त भयो ।
आज माओवादी पार्टी अध्यक्ष प्रचण्डप्रति आम जनताको सकारात्मक धारणा छैन । त्यही पार्टीको उपाध्यक्ष महरा सुन तश्करीकाे आरोपमा जेलमा हुनुहुन्छ । उहाँ अझै उपाध्यक्ष पद छाेडन तयार हुनुहुन्न । हाम्रै पार्टी अध्यक्षलाई पनि भ्रष्टाचारको मुद्दा लागेको छ । उहाँ अदालतमा तारेख धाईरहनु भएको छ ।
यी सारा समस्याहरु समाधानतर्फ पहिला ध्यान दिनुपर्यो । समस्याहरु यथावत राखेर गरिने एकता समस्याहरुको एकता हुन्छ ।
समस्या सहितको एकताले एउटा ठुलाे समस्या सहितको पार्टी बन्ने हो । त्यस्तो पार्टीले साथीहरुको वडाअध्यक्ष देखि सान्सदसम्म बन्ने सपना पुरा हुदैन । कथमकदाचित कसैले झुक्किएर जिति हाल्यो भने फेरि जनताहरु आएर घर जलाइदिने छन ।
त्यसकारण समस्याहरू पहिचान गरौ, समस्या हटाऔ, अनि एकताको कुरा गरौ ।
(नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य दामोदर अर्याल)




















