काठमाडौं—पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ।
नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रदान गरिएको सुरक्षा सुविधा गृह मन्त्रालयको निर्णयअनुसार फिर्ता गरिएको हो। गृह स्रोतका अनुसार पतञ्जली जग्गा प्रकरणमा उनी भ्रष्टाचार मुद्दाका अभियुक्त रहेकाले सुरक्षाकर्मी फिर्ता गरिएको हो।
नेपाल उक्त प्रकरणमा दोषी ठहर भई ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। मुद्दा भने अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ।
सुरक्षाकर्मी फिर्ता भए पनि उनले सुरक्षा खतरा महसुस गरेमा निवेदन दिएर पुनः सुरक्षा माग गर्न सक्ने व्यवस्था रहेको बताइएको छ।
त्यसो त जेनजी आन्दोलनपछि अन्य पूर्वप्रधानमन्त्रीहरूमाथि पनि कार्यविधिबाहेकका सुरक्षाकर्मी कटौती गरिएको थियो।
सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई १६ जना सशस्त्र प्रहरी र २ जना जनपथ प्रहरी सहित सुरक्षा व्यवस्था दिने प्रावधान राख्दै आएको छ।




















