मोरङ — मोरङको केराबारी गाउँपालिका–१० का पूर्व वडाध्यक्ष तथा नेकपा (एमाले) मोरङ जिल्ला कमिटीका निवर्तमान सदस्य जङ्गराज खवासको असामयिक निधन भएको छ।

६० वर्षका खवासको शुक्रबार भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा मुखको क्यान्सर उपचारका क्रममा निधन भएको उनका नाति विवेक भुजेलले जानकारी दिए।

वामपन्थी आन्दोलनका पुराना र सक्रिय नेताको रूपमा परिचित खवासको निधनले गाउँ, समाज र पार्टी परिवारमा शोकको माहोल छाएको छ। पार्टीका नेताहरूले स्वर्गीय खवासलाई निष्ठावान, इमानदार र जनपक्षीय नेताका रूपमा स्मरण गरेका छन्।

वडाध्यक्षको कार्यकालमा उनले स्थानीय विकास, पूर्वाधार निर्माण र जनजीवन सुधारमा उल्लेखनीय योगदान गरेका थिए।