काठमाडौं—शनिबार बुटवलस्थित एक गेस्ट हाउसमा बसेका ५६ वर्षिय सतिशकुमार क्षेत्रीको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–६, चाँदबारी निवासी क्षेत्री वैदेशिक रोजगारीमा रहेका छन्। उनी न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा अर्काकी पत्नीसँग बसेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृत्युको कारण अनुसन्धान भैरहेको छ। प्रहरीले प्रारम्भिक विवरणअनुसार, मृतकले मासु र मदिरा सँगै सेवन गरेको पनि जनाइएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो क्षेत्री ३० वर्षीय महिलासँग उक्त होटलमा पुगेका थिए। महिला श्रीमान वैदेशिक रोजगारीका कारण विदेशमा रहेका बताइएको छ। उनीहरूसँग दुई बच्चा पनि थिए।
अचानक बेहोस भएको अवस्थामा महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन्। क्षेत्रीलाई तत्काल एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल लगिए पनि त्यहाँ मृत घोषणा गरिएको छ।
प्रहरीले मृत्युको ठ्याक्कै कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको छ।



















