काठमाडौं—नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार (मंसिर ६) काठमाडौंमा ‘जेनजी’ आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

हालको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको उनले उल्लेख गरे । उनले अबको बाटो निर्वाचन सम्पन्न गर्ने रहेको बताए । निर्वाचन हुन नसके संसद् पुनर्स्थापनाको विकल्प नरहेको उनको भनाइ थियो ।

राजनीतिलाई नियमित ‘कोर्स’मा लैजान जरुरी रहेकामा उनले जोड दिए ।

नेता गुरुङले एकले अर्कोलाई गालीगलौज गरेर सिध्याउने कार्यशैली हाबी भइरहेको टिप्पणी गरे ।

कार्यक्रममा देव गुरुङको भनाइ पढ्नोस्–

अबको निकास के त ? अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन । पार्ल्यामेन्ट सिस्टम भए पनि राष्ट्रिय सहमतिबाट लैजाऔँ भनेका थियौँ । राष्ट्रिय सहमति हुन सकेन । अहिलेको सम्भावना निर्वाचन सम्पन्न गर्ने, यदि निर्वाचन सम्पन्न गर्न सकिँदैन भने संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन । संसद् पुनर्स्थापना गर्नुपर्छ । त्यहाँबाट संविधानमा संशोधन गर्नुपरे त्यहाँबाट संशोधन हुनसक्छ ।आवश्यकताअनुसार संशोधन हुनसक्छ । रेगुलर कोर्समा लैजाने हो । नियमित कोर्समा लैजाने हो । अहिले उत्तेजना मच्चाउने दिशामा छन् । हामी शान्तिको दिशामा छौँ । न्युज एजेन्सी नेपाल