काठमाडौं — एसिड आक्रमणबाट पिडित तथा महिलाका हकअधिकारका लागि सक्रिय अभियन्ता मुस्कान खातुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य नियुक्त भएकी छन्।
यो घोषणा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता कार्यक्रममा नेकपा संयोजक माधवकुमार नेपालले गरेका हुन्।
१५ वर्षको उमेरमा एसिड आक्रमणबाट पिडित खातुनले २१ वर्षको हुँदा २०२१ को ‘इन्टरनेशनल वुमन अफ करेज अवार्ड’ प्राप्त गरेकी थिइन्।
कार्यक्रममा बोल्दै उनले एसिड आक्रमण मात्र हिंसाको एक रूप मात्र भएको उल्लेख गर्दै महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध कडा कदम चालिनुपर्ने आवश्यकता औँल्याइन्। साथै उनले नेकपाले देशमा विद्यमान भ्रष्टाचार र हिंसा अन्त्य गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।




















