सोलुखुम्बु— नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला चयन भएका छन् । यस्तै उत्पीडित कोटाबाट डि.बि. रानापाल प्रतिनिधि चयन भएका छन्।‌

महिला कोटामा कल्पना राई र मोहनकुमारी कार्की चयन भएका छन भने ४० वर्ष मुनीका युवा कोटाबाट जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरीय तयारी तीव्र बन्दै गएकाे छ। एमालेको महाधिवेशन यही मंसीर २७ देखि २९ सम्म‌ काठमाडौंमा आयोजना हुदैछ।