काठमाडौँ—नेकपा एमालेभित्र पछिल्ला वर्षमा युवा पुस्ताको सक्रियता तीव्र रूपमा बढ्दै गएको छ। सोही क्रममा उपत्यकामा पार्टीले अघि बढाइरहेका उदीयमान युवा नेता हिमेश केसी आगामी ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका बलिया दाबेदारका रूपमा चर्चामा छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट एमाले उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका केसी झिनो मतान्तरले पराजित भए पनि, चुनावपछिको समयावधिमा उनको लोकप्रियता, संगठन विस्तार र जनसम्पर्क झनै सुदृढ हुँदै गएको देखिन्छ। पार्टीभित्र उनी युवा नेतृत्व र विकास केन्द्रित राजनीतिको प्रतीकको रूपमा स्थापित भइरहेका छन्।

२०५८ सालदेखि निरन्तर राजनीतिक सक्रियता

केसी दुई दशकभन्दा बढी समयदेखि युवा संघ नेपाल र नेकपा (एमाले) को संगठनमा सक्रिय रहेका छन्। युवामाझ राजनीतिक चेतना विस्तार, संगठन बलियो बनाउने अभियान, स्थानीय स्तरमा विकासका पहल अघि बढाउने जस्ता काममा उनले निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।

लामो अनुभव र संगठनबारेको बुझाइले उनलाई परिपक्व र योजनाबद्ध युवा नेताका रूपमा पहिचान दिलाएको पार्टी स्रोतले बताउँछ।

युवा नेतृत्व र विकासमुखी राजनीतिको प्रवर्द्धन

केसीको प्राथमिकता युवा नेतृत्व विकास, सीप–अवसर विस्तार र स्थानीय तहमा प्रत्यक्ष प्रभाव पर्ने विकास कार्यक्रम रहेको छ।

“सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय लक्ष्यलाई मूर्तरूप दिन युवालाई अवसर, सम्मान र काम गर्ने वातावरण निर्माण आवश्यक छ भन्ने उनी मान्छन्। उनी युवासँग निरन्तर प्रत्यक्ष संवाद गर्दै सामाजिक दायित्वबोध र सक्रिय राजनीतिक सहभागितालाई प्रोत्साहन गर्दै आएका छन्।

स्थानीय विकासका योजनामा उनले सडक, आधारभूत संरचना, सामाजिक अभियान र जनसहभागितामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन्।

युवा पुस्तामाझ बढ्दो आकर्षण

केसीको ऊर्जा, प्रतिबद्धता र व्यावहारिक दृष्टिले नयाँ पुस्तामा राजनीतिक विश्वास बढिरहेको देखिन्छ। पार्टीभित्र मात्र होइन, उपत्यकाको राजनीतिक वृत्तमा पनि उनी उदीयमान नेतृत्वका रूपमा पहिचान बनाउँदै लगेका छन्।

समृद्धिको एजेन्डा

उनको दृष्टिकोण तीन मुख्य बुँदामा केन्द्रीत छ । जसमा युवालाई अवसर, सीप र सम्मान सुनिश्चित गर्ने नीति निर्माण, स्थानीय विकासलाई दिगो, योजनाबद्ध र जनमुखी बनाउने, राष्ट्रिय समृद्धिलाई दीर्घकालीन रणनीतिसहित अघि बढाउने  लगाएत छन् ।

उनको दृष्टिकोण तीन मुख्य बुँदामा केन्द्रीत छः

युवालाई अवसर, सीप र सम्मान दिने नीति निर्माण, स्थानीय विकासलाई दिगो र जनमुखी बनाउने,देशको समृद्धि लक्ष्यलाई योजनाबद्ध रूपमा अघि बढाउने

यिनै एजेन्डाका कारण केसीलाई एमालेभित्र आधुनिक सोच राख्ने, अग्रगामी युवा नेताका रूपमा हेरिन थालेको छ।