काठमाडौँ—नेपाली कांग्रेसका शीर्ष नेताबाहेक ६५ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। उनीहरू सोमबार सर्वोच्च अदालतमा पूरक रिट दर्ता गर्न जाने तयारीमा छन्।

विघटित प्रतिनिधिसभाकी सचेतक सुशीला थिङका अनुसार यसअघि नै ८ जना सांसदले पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिसकेका छन्। सोही रिटलाई पूरक बनाउँदै कांग्रेस र एमालेका बहुमत सांसदको संख्या पुर्‍याएर सर्वोच्च जाने तयारी गरिएको हो।

पार्टी नेतृत्व भने यसमा सहभागी नभएको जनाइएको छ।