काठमाडौं— नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाई गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले १४ कात्तिकमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
त्यसयता एमालेमा निष्क्रिय रहेका उनी आज रास्वपामा प्रवेश गरेका हुन् । भट्ट एमालेका उपमहासभिव लेखराज भट्टका सहोदर भाइ हुन् ।
यसअघि भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय थिए । २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार थिए, पराजित भए । २०७९ सालमा पनि नगर प्रमुखमै उम्मेदवार भए, चुनाव जित्न सकेनन् । रास्वपामा प्रवेश गर्दै गरेको विषय उनले सामाजिक सञ्जालबाट समेत जानकारी दिएका थिए ।




















