काठमाडौं—एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने अडान लिएका छन् ।

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेको बेलामा उनले त्यसका लागि आफू तयार नरहेको बताए ।

एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा ओलीले बरु आफू गोलि खान जेल जान तयार रहेको उल्लेख गरे ।