पर्सा—नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न दलका दर्जनौं नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
पर्साका प्रभावशाली नेता तथा पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, विन्दवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह कानु, अध्यक्ष प्रत्याशी लक्ष्मण चौरसिया, एमाले नेता हनिफ अन्सारी, पूर्व वडाध्यक्ष सञ्जय चौहान, जसपा विन्दवासिनी गाउँपालिकाका अध्यक्ष रमेश साह, पोखरीया नगरपालिका उप–मेयर प्रत्याशी बिनादेवी बैठा लगायत सयौं नेता–कार्यकर्ताले पार्टी प्रवेश गरेका छन्।
आज पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बारा, पर्सा, स्याङ्जा, ओखलढुंगा लगायत विभिन्न जिल्लाका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा राजकुमार गुप्ता, डा. अन्जु यादव, ज्योती चौरासिया साथै राप्रपाका चिन्टु तिवारी, विपिन यादव, रामरेखा सिंह, विरेन्द्र यादव, राधा बैठा, मिनादेवी बैठा, उपेन्द्र ठाकुरसहितका नेताहरू पनि समावेश छन्।
संयोजक प्रचण्डले पार्टी प्रवेश गर्नेहरुलाई फिल्डमा फर्किएर उत्कृष्ट परिणाम दिनेगरी काम गर्न निर्देशन दिएका छन् । उनले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने उद्देश्यसहित संगठन विस्तार र जनतासँग सहकार्य गर्न पनि आह्वान गरेका छन् ।




















