काठमाडौँ—नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चुनाव नहुने भन्ने चर्चा चलाइरहेका दलहरू आफैँले भने समानुपातिक सांसदको नाम संकलन गरिरहेको भन्दै व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले भनेका छन्, “चुनाव हुँदैन पनि भन्छन् दलहरू, फेरि आफैँ खुसी–खुसी समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्। कुन पत्याउनु हो? लाखे!”

उनको यो टिप्पणी पछिल्लो समय चुनावको समय र सम्भावनाबारे विभिन्न दलभित्र भइरहेका विरोधाभासी अभिव्यक्तिप्रति लक्षित रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।