काठमाडौँ — नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले लामो समयपछि दाईसंग भेटेर बहुत ख़ुशी लाग्यो भन्दै सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गरेका छन् । उनले अनेरास्ववियुका पुराना नेता संगको फोटोलाई इतिहास भन्दै  शेयर गरेका हुन् ।

उनि सँग देखिएका व्यक्ति अनेरास्ववियुका पूर्व महासचिव ठाकुरचन्द्र श्रेष्ठ हुन्। उनी इलामका स्थायी बासिन्दा तथा तत्कालीन विद्यार्थी आन्दोलनका प्रभावशाली नेता मानिन्छन्।

श्रेष्ठ अनेरास्ववियुको छैठौँ राष्ट्रिय सम्मेलन (२०३८ साल) बाट महासचिवमा निर्वाचित भएका थिए। पञ्चायती शासनविरुद्धको विद्यार्थी आन्दोलनमा उनको सक्रिय भूमिका रहेको बताइन्छ।

योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत लामो समयपछि श्रेष्ठसँग भेट भएको उल्लेख गर्दै अनेरास्ववियुको इतिहास, योगदान र गौरवप्रति सम्मान व्यक्त गरेका छन्। भट्टराईले दाईसंग भेटेर बहुत ख़ुशी लाग्यो भनेका छन् । भट्टराईले  आफु पनि अनेरास्ववियुको महासचिव तथा अध्यक्ष भएर काम गरिसकेको उल्कालेख गरेका छन्  ।

उक्त तस्बिर सार्वजनिक भएपछि एमाले निकट वृत्तमा विद्यार्थी आन्दोलनको इतिहास र अग्रज नेताहरूको योगदानबारे चर्चा सुरु भएको छ।