काठमाडौं—नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई सङ्केत गर्दै आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रहरूको मूल जरो खोज्दा तिनको ‘कल नसो’ एउटै पर्न सक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गरेका नेता बास्कोटाले यदि आज र हिजोका नयाँ पात्रहरूको स्वर र प्रवृत्ति मिल्न गए पनि त्यसलाई अनौठो मान्न नहुने बताएका छन् । बास्कोटाका अनुसार यसको कारण एउटै कथा लेखक हुनु हो, जहाँ केवल समय, सन्दर्भ र पात्र मात्रै फरक हुने गर्छन्।
नेता बास्कोटाले शक्ति केन्द्रले आफ्ना नयाँ मिसन पूरा गर्न सधैँ नयाँ पात्रको खोजी गर्ने गरेको उल्लेख गरेका च्व्ह्हन । उनले यस अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै जसरी कुनै मालिकले हरेक वर्ष बढी नाफाका लागि नयाँ नोकर खोज्ने गर्छ, ठिक त्यसैगरी शक्ति केन्द्रले पनि आफ्ना उद्देश्यअनुसार नयाँ पात्र अघि सार्ने गरेको टिप्पणी गरेका छन्।
उनको उक्त भनाइलाई समसामयिक राजनीतिक गतिविधि, नेतृत्व निर्माण र बाह्य प्रभावका सन्दर्भमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ। एमाले नेता बास्कोटाको यो धारणा पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रम र नयाँ पात्रहरूको उदयसँग जोडेर विश्लेषण हुन थालेको छ।
यस्तो छ बास्काेटाकाे फेसबुक स्ट्याटस :
मूल जरो खोज्दै जाँदा आजका नयाँ र हिजोका नयाँहरूको कल नसो एउटै नपरोस्। परेछ भने पनि खासै अनौठो यसर्थ हुँदैन कि कथा लेखक उनै हुन -केवल समय,सन्दर्भ र पात्र फरक हुन।शक्ति केन्द्र उसको नयाँ मिसनका लागि नयाँ पात्र खोज्छ,ठिक त्यसै गरी -जसरी मालिक हरेक साल बढी नाफाका लागी नयाँ नोकर खोज्छ।




















