लेटाङ , ८ कार्तिक । निजि तथा आबाशिय बिद्यालय सगठन नगर सङ्गठन कमिटि लेटाङको आयोजनामा बुधबारबाट प्याब्सन मिट सुरु गरिएको छ ।
तीन दिनसम्म चल्ने प्याब्सन मिट प्याब्सन खेल मैदान,लेटाङ ३ मा सुरु भएको हो । कार्यक्रम उद्घाटनपुर्ब प्रतियोगितामा सहभागी बिद्यालयका बिद्यार्थीहरुको र्यालिले लेटाङ बजार परिक्रमा गरेको थियो । प्याब्सन मिट प्रतियोगितामा नगर क्षेत्रका १३ वटा निजि तथा आबाशिय बिद्यालयहरुको सहभागिता रहेको छ ।

१० वटा माध्यमिक बिद्यालय र ३ वटा आधारभुत बिद्यालयहरुको सहभागिता रहेको छ । प्याब्सन मिटमा डोरीतान, छेलो, म्याराथन दौड, लङ्ग जम्प, हाई जम्प, फुटबल, भलिबल, कबिता लेखन, निबन्ध लेखन, नित्य, गायन, चित्रकला, हिज्जेलगायतका प्रतियोगिता संचालन हुने आयोजक सस्थाका जितेन्द्र कटुवालले जानकारी दिनुभयो ।

अतिरिक्त क्रियाकलाप मार्फत बिद्यार्थीको सिकाई उपलब्धिलाई वृद्धि गर्ने उदेश्यले प्रतियोगिता गर्दै आएको नगर कमिटी अध्यक्ष कमल अधिकारीले जानकारी दिनुभयो ।

74289806_2330877903705739_7783633204631568384_n 73114657_2330877573705772_1853468513541292032_n