सर्लाही—जेनजी फोरम सर्लाहीको विशेष भेला सम्पन्न भएको छ। सर्लाहीका जेन्जी अगुवा राहुल शाह र रितेश शाहको पहल मा युवाको सामाजिक विकास को लगी चलफल गर्ना जुटेका हुन् ।
खेलकुद मन्त्री बब्लु गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको भेलामा शिव यादव , डा. सुदिर सिंह, लोक गायक रविराज शाह, युवा उद्यमी तथा समाजसेवी उपेन्द्र यादवको सहभागिता थियो ।
भेलाले जिल्लाका २० वटै स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रको स्तर सुधारका लागि सक्रिय रूपमा काम गर्ने निर्णय गरेको छ। साथै युवाको सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी सवालमा सहभागिता बढाउने विषयमा गम्भीर छलफल गरिएको थियो।
भेलामा समाजमा विद्यमान विभिन्न बेथिति, भ्रष्टाचार, कुरीति तथा विभेदका विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। जेनजी फोरम सर्लाहीले युवालाई संगठित गर्दै सकारात्मक सामाजिक रूपान्तरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
भेलामा प्रमुख अतिथि खेलकुद मन्त्री बब्लु गुप्ताले युवाको सक्रियता नै राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा युवाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
आगामी दिनमा फोरमले जिल्लाभर चरणबद्ध कार्यक्रम सार्वजनिक गर्दै स्थानीय तह र समुदायसँग सहकार्य गरी आफ्ना अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ ।




















