काठमाडौं—मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनी शुक्रबार काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ परेका हुन्।

निर्वाचन आयोगमा परेको उजुरीका आधारमा आयोगले साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि पनि कांग्रेसको विशेष महाधिवेशनसँग जोडेर विवादित अभिव्यक्ति दिएपछि प्रसाईं पोखराबाट पक्राउ परेका थिए। त्यसबेला उनी धरौटीमा रिहा भएका थिए।