मोरङ—नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा निर्वाचन उम्मेदवार घनश्याम खतिवडाको जनतासँग भेटघाट कार्यक्रम केराबारी गाउँपालिका वडा नं. ६ र ७ मा सम्पन्न भएको छ।

केराबारी–६ र ७ अन्तर्गतका डाँगी, मुगु, डाले लगायतका गाउँमा आयोजित भेटघाट कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय र उत्साहपूर्ण सहभागिता देखिएको थियो।

May be an image of one or more peopleभेटघाटका क्रममा स्थानीय बासिन्दाले राष्ट्रियता, विकास र समृद्धिका लागि खतिवडाले पुर्‍याएको योगदान, संसदमा ऐन निर्माणमा खेलेको भूमिका तथा यस क्षेत्रका समस्या र आवाज संसदमा निरन्तर उठाउँदै आएको भन्दै पुनः विजयी गराएर प्रतिनिधिसभामा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी स्थानीयले शिक्षा, स्वास्थ्य, सडक, रोजगारीलगायत विभिन्न क्षेत्रका समस्या राख्दै समाधानको अपेक्षा समेत व्यक्त गरेका थिए।

जवाफमा उम्मेदवार खतिवडाले जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम अघि बढाउँदै जाने बताए । केही काम सम्पन्न भए पनि अझै धेरै गर्न बाँकी रहेकाले ती अधुरा काम पूरा गर्न पुनः मतदान गरेर विजयी गराउन आग्रह गरे ।

May be an image of one or more people and treeकतिपय स्थानीयले खदम खोलामा निर्माण गरिएको पुललाई सम्झँदै ‘त्यो पुल हेरेर भए पनि एक भोट घनश्याम खतिवडालाई हाल्ने’ प्रतिक्रिया दिएका छन्। केराबारी–७ का स्थानीय उपेन्द्र घिमिरेले मदन भण्डारी राजमार्गअन्तर्गत खदम खोलामा निर्माण गरिएको पुलले जनजीवन सहज बनेको उल्लेख गर्दै यसमा खतिवडाको पहल महत्वपूर्ण रहेको बताए।

पुल निर्माणअघि भोग्नुपरेका दुःख सम्झँदै उहाँले चूरे फेदी सडकका विषयमा खतिवडाले पहिलो पटक संसदमा आवाज उठाएपछि मदन भण्डारी राष्ट्रिय राजमार्ग निर्माणको आधार तयार भएको धारणा राखे ।

May be an image of one or more people, motorcycle and road

आज सम्पन्न भेटघाट कार्यक्रमसँगै केराबारी क्षेत्रमा नेकपा एमालेको पक्षमा सकारात्मक र उत्साहजनक माहोल निर्माण भएको स्थानीय नेताहरूले बताएका छन्।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of one or more people and temple

May be an image of one or more people and temple

May be an image of one or more people and tree

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people, people smiling and motorcycle

May be an image of one or more people