दमक—केपी शर्मा ओली आज झापाको दमक क्षेत्रमा दिनभर निर्वाचन लक्षित कार्यक्रमहरूमा सहभागी हुने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले विभिन्न वडामा पुगेर स्थानीय नागरिकसँग भेटघाट र प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यतालिकाअनुसार बिहान ११:३० देखि १२:०० बजेसम्म दमक–३ अन्तर्गत दुम्से चोक टुकुरेमा कार्यक्रम रहनेछ। त्यसपछि १२:२० देखि १:०० बजेसम्म वडा नम्बर ८ को संगम चोकस्थित कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ।
निर्वाचन परिचालन समितिको मिडिया परिचालन उपसमिति संयोजक इन्द्र भण्डारीका अनुसार दिउँसो १:२० देखि २:०० बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा अर्को कार्यक्रम तय गरिएको छ। त्यसपछि २:२० देखि ३:०० बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा तथा ३:२० देखि ४:०० बजेसम्म किराँत चोकमा कार्यक्रम सञ्चालन हुनेछ।
ओलीका निर्वाचन कमाण्डर देवेन्द्र दाहालका अनुसार आजको भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्नेछन्।


















