काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । राजदूत भेट्न लामिछाने काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर एकछिन अगाडि सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेका थिए ।

घाम ढल्किन लागेपछि होटल पुगेका रवि भारतीय राजदूतसँग भेटेर साढे ५ बजे बाहिरिएको बताइन्छ । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गएको अवस्था,लामिछानेमाथि अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण तथा संगठित ठगीको मुद्दा फिर्ता लिने सरकारको प्रयास असफल झैं भएको सन्दर्भमा गरिएको भेटलाई अर्थपूर्ण ठानिएको छ ।

भारतीय राजदूतसँगको भेटपछि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन् । उनी धनगढी जान विमानस्थल पुगेको रास्वपा स्रोतले बतायो । जन आस्था बाट