काठमाडौं — चुनावको मिति नजिकिँदै गर्दा भक्तपुर–२ मा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहालले उम्मेदवारी फिर्ता लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन् र एमाले उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन्।

दाहालले बुधबार आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै एमालेका उम्मेदवार महेश बस्नेत लाई जिताउन साथ दिने निर्णय गरेका हुन्। अन्तिम समयमा भएको यो निर्णयलाई एमाले पक्षले चुनावी समीकरणका हिसाबले महत्वपूर्ण रूपमा लिएको छ।

उम्मेदवारी फिर्ता र समर्थन घोषणापछि उम्मेदवार बस्नेतले खुशी व्यक्त गर्दै यसले आफ्नो पक्षलाई थप मजबुत बनाउने प्रतिक्रिया दिएका छन्।