काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा थप एक नेतृले पार्टी परित्याग गरेकी छन्। रास्वपाकी नेतृ उर्मिला भुर्तेल खेमकुमारी ले पार्टीको साधारण सदस्यता समेत नरहने गरी पदबाट राजीनामा दिएकी बताइएको छ। उनले पार्टी चरम आर्थिक अनियमिततामा फसेको आरोप लगाउँदै राजीनामा दिएको जनाएकी छन्।

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा ले पनि पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको, जसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच आउने अवस्था बनेको भन्दै पार्टी परित्याग गरेकी जानकारी दिएकी छन्।

यो पनि-रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममताले छोडिन् पार्टी