लेटाङ— मोरङको लेटाङ नगरपालिकामा नेकपा एमाले पार्टी प्रतिको आकर्षण बढेको पाइएको छ । शुक्रबार मात्र लेटाङ १ आरुवोटे टोलमा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरि १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । 

नेपाली कांग्रेसका तत्कालिन भोगटेनी गाविस सचिव नगेन्द्र मगरसहित १० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम खतिवडा लागयतले खादा र टीका लागाएर पार्टीमा स्वागत गरे । 

राष्ट्रियताको संरक्षण गर्दै देशको विकास गर्ने पार्टी नेकपा एमाले नै भएको ठहर गर्दै पार्टी प्रवेश गरेको नवप्रवेशी नगेन्द्र मगरले जानकारी दिए । 

भक्तपुर २ मा राजीवको उम्मेदवारी फिर्ता समाचार कमेन्टमा... (2) 15लेटाङ नगरपालिकाको वडा नम्बर १ नेकपा एमालेको राम्रो जनमत भएको वडा हो । यस वडामा स्थानीय तहको निर्वाचनमा २ पटक नै नेकपा एमालेका उम्मेदवारले फराकिलो मतान्तरका साथ जित हात पार्दै आएका छन् । 

आगमी निर्वाचनमा समेत यस वडाबाट एमालेले अन्य दल भन्दा दोब्बरको अग्रता कायम गर्ने वडा कमिटी अध्यक्ष सुजन मगरले जानकारी दिए । 

यसै वडाको राजारानी पोखरीको विकासका लागि घनश्याम खतिवडाको पहलमा ६ करोड रुपैयाँ बजेट विनियोजन गराएर काम सम्पन्न भएको छ । 

यस्तै घनश्याम खतिवडाकै पहलमा करौडौँको लागतमा यस वडामा विद्युतिकरणको काम समेत भएको थियो । 

साथै केराबारीबाट लेटाङ १ आरुबोटे हुँदै केराबारी २ सिंहदेवी जाने सडकका लागि समेत बजेट व्यवस्थापन गरि ठेक्का लागेकोमा नेपाली कांग्रेसका नेताको ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनका कारण काम हुन सकेको छैन । हाल ठेक्का रद्द गरि नयाँ प्रकृया अघि बढाइएको जनाइएको छ ।

No photo description available.