विराटचोक — मोरङको पथरी शनिश्चरे–३ का एक युवाले वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहँदै आफ्नो परिवारलाई एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
कतारमा कार्यरत तुलसी लुङ्गेली मगरले सामाजिक सञ्जालमार्फत बुवाआमा र श्रीमतीलाई सूर्य चिन्हमा मत हाल्न अनुरोध गरेका हुन्। उनले प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका ईरानकुमार राई लाई विजयी गराउन अपिल गरेको बुझिएको छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्—
“मेरा प्रिय बाबा आमा अनि श्रीमती, तपाईंहरू ढुक्क अनि गर्वसँग भोट एमालेमा हाल्नुहोस्, म मेरो जिम्मेवारीबाट कहीँ कतै भाग्ने छैन। म विदेश बसेर अरू जस्तो पैसा पठाउँदिन, घर आउँदिन भनेर कदापि तपाईंहरूलाई धम्की–घुर्की लगाउने छैन। मलाई नेपाली हुनुमा जति गर्व छ, त्यति नै एमाले हुनुमा गर्व छ। त्यसैले नेकपा एमाले जिन्दाबाद।”
उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। मोरङ क्षेत्र नं. १ मा एमालेका उम्मेदवार राईको पक्षमा विदेशबाटै खुलेर समर्थन जनाउने क्रम बढिरहेको स्थानीय युवा नेता काशिहाङ्ग राइले बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा वैदेशिक रोजगारीमा रहेका मतदाताको पारिवारिक प्रभाव र सामाजिक सञ्जालमार्फत हुने अपिलले स्थानीय चुनावी माहोलमा थप चहलपहल ल्याएको छ।





















