काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनी बुधबार नयाँ दिल्ली प्रस्थान गर्ने उनकाे सचिवालयले जनाएको छ।
नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भट्टराई भारत जान लागेका हुन्। भारत मण्डपम मा मार्च १२, १३ र १४ गते उक्त समिट आयोजना हुँदैछ।
समिटमा भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुने उनकाे सचिवालयले जानकारी दिएको छ।


















