काठमाडौं — नेपाली बजारमा सुनको भाउ घट्ने क्रम जारी रहेको छ।
आइतबार प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप ६ हजार ५ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।




















