काठमाडौं — प्रतिनिधि सभा सदस्य बालेन्द्र साहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (१) बमोजिम उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री साहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथपछि उनले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।

यसैबीच, साह नेतृत्वको मन्त्रिमण्डलमा सुदन गुरुङलाई गृहमन्त्री बनाउने सहमति भएको स्रोतले जनाएको छ। गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने लगभग टुंगो लागेको छ।

त्यस्तै, सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिशिर खनाललाई परराष्ट्र मन्त्रालय र प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ।

नयाँ सरकार गठनसँगै समसामयिक राजनीतिक समीकरणमा परिवर्तन आउने अपेक्षा गरिएको छ।