जनचेतना अभाव, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्य अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेंगु रोग न्यूनीकरण अभियान प्रभावकारी हुन सकेको छैन।
डेंगु रोगबाट प्रभावितहरूको संख्या अझै बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए। आजको राजधानी दैनिकमा डेंगुका लक्षण र बच्ने उपाय दिइएको छः
लक्षण
-एक्कासि ज्वरो आउनु
-धेरै टाउको दुख्नु
-आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु
-शरीरमा खटिरा आउनु
-रक्तस्राव हुनु
-बान्ता हुनु
-हाड, जोर्नी तथा मांशपेसी दुख्नु
-शरीरमा नीलडाम देखापर्नु
-बेहोस वा अचेत हुनु
-नाक वा गिजाबाट रगत आउनु
बच्ने उपाय
-लामखुट्टेको टोकाइबाट बच्ने
-लामखुट्टेको वृद्धि र विकासमा नियन्त्रण गर्ने
-घर–आँगन र कौसीको सरसफाइ गर्ने
-पानी जम्न नदिने
-सुत्दा झुल प्रयोग गर्ने
-पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने




















