काठमाडौं—नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै वैदेशिक ऋणसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता पनि भएको उल्लेख गरेका छन्। तर, विगतमा विदेशी ऋणका कारण देश डुब्ने भन्दै पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै अहिले सरकारमा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै उनले विरोधाभास औंल्याएका छन्।
उनले सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ऋण लिने कार्य भइरहेको विषय सार्वजनिक भएपछि स्वाभाविक रूपमा प्रश्न उठ्ने बताएका छन्। “हिजो विरोध किन? आज स्वीकार किन?” भन्ने प्रश्नमार्फत उनले सरकारको धारणा स्पष्ट पार्न माग गरेका छन्।
पोखरेलले सरकारले यस विषयमा जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
यस्तो छ उनको स्टाटस


















