हङकङ—नेपालको धरानबाट प्रकाशित हुने 'ब्लाष्ट दैनिक'का सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित भएका छन् । गत अप्रिल ५ तारिखका दिन आयोजित 'पुर्खा दिवस'को आयाेजित कार्यक्रममा गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा हङकङ पुग्नुभएका कार्कीलाई यहाँस्थित दुई क्रियाशील संस्थाहरूले विशेष सम्मान गरेका हुन्।

'द नेप्लिज् एशोसिएशन हङकङ' र 'नेपाल क्लव हङकङ'द्वारा विहीबार एभेरेष्ट हाेटलमा आयोजित एक स्वागत तथा भेटघाट समारोहमा सम्पादक कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको अनवरत योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।

debendra karki  (1)सम्मान कार्यक्रममा द नेप्लिज् एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापा, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ,  पूर्व अध्यक्ष हेम राई, र नेपाल क्लव हङकङकी अध्यक्ष रीता गुरूङलगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा  दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष हेम राईले पत्रकारिता क्षेत्रले समाजको ऐनाका रूपमा काम गर्ने उल्लेख गर्दै कार्कीलाई पत्रकारितामार्फत समाज परिवर्तनको यात्रालाई निरन्तर जारी राख्न सुझाव र शुभकामना दिए ।

हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष नारद राईले सञ्चालन गरेको उक्त कार्यक्रममा याउ चिम मङ (Yau Tsim Mong) डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरूङ, समाजसेवी कुलबहादुर गुरूङ, शिक्षासेवी देवराज राई, महासंघका पूर्व अध्यक्ष टङ्क राना,  गोरखा सेमिट्रिज ट्रष्टका अध्यक्ष अमोद राईलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रवासको व्यस्त भूमिमा पनि आफ्नै आँगनको सुवास र आत्मीयता महसुस गराउँदै गरिएको यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सधैं प्रेरणा दिइरहने नेपाल पत्रकार महासंघ काेशी प्रदेशका पूर्व सचिवसमेत रहेका कार्कीले बताए । हङकङमा रहेका नेपाली संस्थाहरूको यो प्रेम र सद्भावले प्रवास र स्वदेशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको उनले बताए । 

पत्रकार कार्की  ट्रष्टकाे निमन्त्रणामा  गत अप्रिल ३ तारिक दुई हप्ताका लागि हङकङ आएका थिए ।

debendra karki