काठमाडौं — कपिलवस्तुको कञ्चन गाउँपालिका–४ बेलडाँडामा घरायसी विवादका क्रममा एक युवकले आफ्नै बाबुको ज्यान लिएको आरोप लागेको छ।
प्रहरीका अनुसार २४ वर्षीय सुनिल थारुले बिहेको विषयलाई लिएर भएको झगडाका क्रममा आफ्ना ५८ वर्षीय बुबा जंगबहादुर थारुको घाँटी अठ्याएका ज्यान लिएका हुन्।घटनापछि गम्भीर अवस्थामा रहेका जंगबहादुरलाई उपचारका लागि पिपरा अस्पताल, कपिलवस्तु लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।
घटनापछि फरार रहेका सुनिलको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।




















