ललितपुर — नेकपा (एमाले) महालक्ष्मी नगरपालिका–१ को तेस्रो वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा दाताराम कार्कीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी चयन गरेको छ।
नवनिर्वाचित कमिटीमा ज्ञानु खड्का उपाध्यक्ष, सुरेश महर्जन सचिव तथा बबिता मण्डल र होम कार्की उपसचिव चयन भएका छन्।
सदस्यहरूमा उद्धवप्रसाद घिमिरे, जगदीश्वर केसी, जगनिधि चौलागाईं, सरस्वती लामा, लीलानाथ शिवाकोटी, रामशरण बन्जारा, बिन्दु हमाल बिसी, मञ्जु साहनी खत्री, मिनु प्रधान, दिनेश महर्जन, राजन सापकोटा, अर्जुन कार्की, शम्भु तिमल्सिना, राजेश बज्राचार्य, कृष्णकाजी श्रेष्ठ, सुरज ताम्राकार, बिदुर केसी, महेश परियार, सीता देवी खड्का र फुलमाया कार्की रहेका छन्।
भदौ ६ गते सम्पन्न अधिवेशनको उद्घाटन नेकपा (एमाले) केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण व्यञ्जनकारले गरेका थिए। कार्यक्रममा प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका प्रतिनिधि तथा वडा र टोल कमिटीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनमा ज्येष्ठ कम्युनिस्ट मञ्चका बा–आमालाई सम्मान गरिएको थियो भने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको एमालेले जनाएको छ।






















