काठमाडौ । विवाह एउटा नियमित प्रक्रिया हो । तर विश्वमा केही यस्ता विवाह छन् । जुन सुन्दा मात्रपनि दुनियाँ चकित हुन्छ । देख्नेहरु जिल खान्छन् । भारतको उत्तराखण्डमा यस्तै विवाह भएको छ । त्यहाँ एक यस्तो राजकीय विवाह हुनेभएको छ जसबारे थाहा पाउनुभयो भने तपाई आश्चर्यमा अवश्य पर्नुहुन्छ । यो विवाहका लागि २ सय हेलिकोप्टर र १०० जना पण्डित बुक गरिएको छ । विवाहको लागि बनाइएको निमन्त्रणा कार्डपनि अनौठो खालको छ । यसमा विवाहको जानकारी भएको विवाह काडै नै छ पेजको छ । जुन चाँदीले बनेको छ । यतिमात्र होइन विवाहमा बलिउडका हस्तीहरुपनि हुनेछन् ।

यति थाहा पाइसकेपछि तपाईंहरुलाई कसको विवाह होला भन्ने खुलदुली चल्यो होला ? यो विवाह भारत सहारनपुरको एनआरआइ गुप्ता परिवारका सदस्यको हो । अजय र अतुल गुप्ताका छोरा सूर्यकान्त र शशांकको विवाह क्रमश २० र २२ जुनमा तय भएको छ । विवाहको कार्यक्रम औलीमा १८ देखि २२ जुनको बीचमा हुनेछ । सूर्यकान्तको विवाह हिरा व्यापारी सुरेश सिंघलकी छोरी कृतिका सिंघलसँग र शशांकको विवाह दुबइका व्यापारी विशाल जालनकी छोरी शिवांगीसँग हुन लागेको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अजय गुप्ताले छोराको विवाह कार्यक्रम इटलीमा गर्न चाहेका थिए तर सरकारको पहलमा उनीहरुले विवाह भारतमा नै गर्ने योजना बनाएका हुन् । यो विवाहमा २०० करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विवाहको लागि बनाइएको निमन्त्रणा कार्ड एक डिव्वामा बनाइको छ । जसको तौल ४.५ किलोको रहेको छ । विवाह कार्यक्रममा बलिउडका हस्तीहरु पनि जानेछन् र आफ्नो प्रस्तुती दिनेछन् । जहाँ कटरिना कैफ, सिदार्थ मल्होत्रा, शाहिद कपूरका अलावा कैलाश खेर, शंकर अहसान लाय, विशाख शेखरको पनि उपस्थिति हुनेछ ।

विवाहमा स्वदेशी मात्र नभएर विदेशी पाहुना पनि पुग्छन् । उनीहरुको लागि २०० वटा हेलिकोप्टर पनि बुक गरिएको छ । हेलिकोप्टरले दिल्ली र देहरादुनमा उडान भर्ने छ । विवाहमा आएकाहरुलाई हिमालय पनि घुमाउने योजना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।