सुन्दरहरैचा, २५ / माघ प्रदेशकै गौरवको योजना बिराटचोक-घिनाघाट फोर लेन बाटोको अनुगमन भएको छ । प्रदेश सांसद माननीय राजकुमार ओझाको अगुवाईमा एक टोलीले बन्दै गरेको बाटोको हरैचादेखी विराटचोक खण्ड अवलोकन गरेको हो ।
टोलिमा सम्मीलित भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव राजेश घिमिरे, डिई राजेश श्रेष्ठले द्रुततर गतिमा भईरहेको कामको अवलोकन गर्दै फोर लेन सडकमा पर्ने ढल, खानेपानी, बिधुत पोल र पैनीबारे भएका जनताका केहि समस्या र गुनासो समेत सुनेका छन् ।

बाटो निर्माण हुँदै गर्दा परेका समस्याहरु राख्ने महत्त्वपूर्ण अवसर दिलाएकोमा सांसद ओझासँग जनताले खुशी व्यक्त गरेका छन् । अनुगमनमा सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङ, वडाध्यक्षहरु राजेश थापा, रोशन ढकाल, बिसनलाल चौधरी उधोग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईं, नेकपाका नेताहरु सुरेन्द्र थापा, मातृका ढकाल लगायत स्थानीय जनताहरुको समेत सहभागीता रहेको थियो ।
फोर लेन बाटो बन्दै गर्दा आसपासका जनताहरु निकै खुशी देखिन्छन् । प्रदेश सरकारले राजधानी जोड्ने मुल सडकको रुपमा विराटचोक घिनाघाट बाटोलाई अघि बढाएको छ । एक अर्ब चालीस करोडको लगानीमा बन्दै गरेको बीस किलोमिटर सडकको २०७६ भदौ २३ गते माननीय मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए ।



