दलित युथ अर्गनाइजेशन नेपाल दलित युवाहरुको एउटा विशुद्ध गैरराजनितिक संगठन हो । जहाँ जोश र जागर अनि सृजनशिल युवाहरु एक ढिक्का भई सामाजिक विकृति र विशंगति विरुद्धको एउटै आवाज बोलिरहेका छौ पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका दलितहरुलाइ जागरण गराउन विभिन्न खाले जागरण अभियान गर्दै आइरहेका छौ ।
कहिले हस्ताक्षर अभियान त कहिले स्वास्थ्य शिविर जस्ता रचनात्मक कार्यहरुगर्दै आइरहेका छौ । आफनो स्थापनाकै शुरुवातीमा मिति २०७१ साल माघ ८ गते दलहरुले घोषणा गर्ने भनिएको संविधान तोकिएकै मितिमा हुनुपर्छ भन्ने दबाब मुलक १ लाख हस्ताक्षर मेचि देखि महाकाली सम्मका विभिन्न शहरहरुमा गरि तत्कालिन सभामुख माननिय सुवाशचन्द्र नेम्वाङ ज्युको सचिवालय सिंहदरवारमा ज्ञापन पत्र सहित बुझाइएको थियो , भने त्यस पछि लगातार वालवालिकाहरु लाइ खाना खानु अगाडी र फोहोर वस्तु चलाएपछि राम्ररी साबुन पानीले हात धुने कार्यक्रम विश्व हात धुने दिवशको अवसरमा सुन्दरहरैचा न.पा. वडा न. ३ आइतवारेमा गरिएको थियो ।
त्यसै गरि २०७६ साल जेठ १४ गते सुन्दरहरैचा ३ जुपिटर वोर्डिङ स्कुल गछियामा आँखा शिविर कार्यक्रम संचालन गरिएको थियो । त्यसरी नै आगामी कार्यक्रम फागुन १७ गते सुन्दरहरैचा म्याराथुन प्रतियोगिता गर्ने तयारीमा जुटिरहेका छौ । दलित युथ अर्गनाइजेशन नेपाल अन्य दलित संस्था भन्दा विल्कुल फरक विचारधाराको छौ भनि हामी भन्न सक्दछौ । किनकी हामी संग सृजनशिल विचार मात्र होइन काम गर्ने इच्छाशक्ति र जोश जाँगर पनि उत्तिकै छ ।
आजका दलित युवाहरु जोश जाँगर का साथै सृजनशिल विचारका धनि छन । तर यिनको नत शक्तिकै मुल्यांकन हुन्छ नत यिनको सृजनशिल विचारको नै । खाली कसैले आफ्नो स्वार्थ प्राप्तीका लागी यी सृजनशिल दलित युवाहरुलाई दुरुपयोग मात्र गरिरहेका हुन्छन । म सधै भन्ने गर्छु सक्छौ दलित युवाहरु लाइ युज गर तर मिसयुज चाहि कहिल्यै नगर । किनकी अब हामी सुन्दरहरैचाका दलित युवाहरु संगठित भइ सकेका छौ, एउटै आवाज र एउटै विचाारका लागी । त्यसैले अब तपाइको हात तपाइको साथ यो समाज रुपान्तर गर्दै समृद्ध नेपाल निर्माण कार्यका लागी दलित युथ अर्गनाइजेशन नेपाल ।
लेखक तिलक परियार
दलित युथ अर्गनाइजेशन नेपालको संयोजक हुनुहुन्छ


