दमक / झापाको दमकमा  फुड फेस्टिबलको आयोजना हुने भएको छ । संधैको बर्ष झै यस बर्ष पनि होटल ब्यवसाही संघ दमकको आयोजनामा यही फागुन ७ गतेदेखि ११ गतेसम्म दमक ६ स्थित बसपार्कमा छैठौँ फुड फेस्टिबलको आयोजना हुने भएको हो ।

नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै दमकमा आन्तरीक तथा बाह्य पर्यटक भित्याउने उद्धेश्यले सो फेष्टिवलको आयोजन गर्न लागिएको होटल ब्यासायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए । जसमा ५० हजार जनाले अवलोकन गर्ने र निशुल्क अवलोकनको ब्यवस्था गरिएको उनले बताए ।

फेस्टिवल अवधीभर पाहुनाहरुलाई दमकका जुनसुकै होटलहरुमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । देशका अन्य स्थान पनि यस्ता फेस्टिवलको आयोजना गरिने भएता पनि दमकमा आयोजा हुने यो फुड फेष्टिवल भिन्न भएको दंगालले दाबि गरे ।

फेस्टिवलमा ५० वटा स्टलहरु रहने आयोजकले बताएको छ । सो स्टलहरुमा विभिन्न जातजाती जस्तै राइर्, लिम्ब, धिमाल ,नेवार ,तामाङ, कुमाल ,माझी ,गुरुङ आदी जनजातीका परिकारसहित दमकका होटलहरुका आ आफ्नै पंहिचान सहितका परिकार अथवा खानाहरु पाइनेछ ।

यस्तै स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका सामाग्रीहरुको प्रदर्शन हुने बताइएको छ । यस्तै सो अवधीभर विभिन्न जातजातीका भेषभुषा ,साँस्कृतिक कार्यक्रमका साथै प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुती रहने आयोजक होटल ब्यवसायी संघ छैठौँ फुड फेस्टिवल मुल आयोजक समितीका संयोजक सुधिर प्रधानले पाथिभरा न्युजलाई बताए । यसका लागी तयारी लगभग पुरा भएको उनले बताए ।