- बद्री अर्याल
खोर्साने,७ फागुन । मोरङको सुन्दरहरैचा १० स्थित खोर्सानेमा रहेको सिदार्थ इङ्लिस बोर्डिङ स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनीको उदघाटन कार्यक्रम सम्पन्न भएको छ।

दुई दिन सम्म संचालनहुने सो समारोहको उदघाट्न कार्यक्रम बुधबार संघीय मामिला तथा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले गरेकी छिन । फागुन ७ देखी ८ गते सम्म चल्ने २५ औ रजत जयन्ती समारोहको उदघाटन कार्यक्रमको अवस्वरमा स्मारिका बिमोचन , रजत जयन्ती स्मारक अनावरण तथा बिधालय भवनको उदघाटन प्रमुख अतिथि मन्त्री तुम्बाहाम्फेको हातबाट भएको थियो।
कार्यक्रममा प्री प्राइमरी देखि कक्षा १२ सम्मका विद्यार्थी हरुले तयार पारेका सामग्रीहरु प्रदर्शनि गरीएको थियो । प्रीप्राइमरी तर्फ सिक्षकले तयार पारेको पाठय सामग्रीहरु,बिद्यार्थीहरुले गरेको प्रोजेक्ट वर्कहरु प्रस्तुत गरिएको थियो ।त्यसैगरी माथिल्लो कक्षाका बिद्यार्थीहरुबाट पाठ्यक्रम संग सम्बन्धित ब्यावहारीक सामाग्रीहरु कक्षागत र बिषयगत रुपमा प्रस्तुत गरेका थिए । होटल म्यानेजमेन्ट बिषयका ११ र १२ कक्षाका बिद्यार्थीहरुले फुड स्टल राखेका थिए । कार्यक्रममा खेर जाने बस्तुहरुबाट बनाइएको समाग्रीहरु र कागजबाट बनाइएको विभिन्न खालका खेलौनाहरु प्रदर्शनि गरिएको थियो ।

आजकै कार्यक्रममा संस्थापक शिक्षकहरु,संस्थापक अभिभावकहरु, लामो समयसम्म सो बिधालयमा काम गरेका शिक्षक तथा कर्मचारीहरुलाइ सम्मान गरिएको थियो । समाजमा पनि विभिन्न बिदामा सेवा गर्ने महानुभाबहरुलाइ पनि सम्मान गरिएको थियो । बिधालयको प्रीन्सिपल अर्जुन बस्नेतको अध्यक्षता भएको कार्यक्रममा बिधालय ब्यावस्थापन समितीको प्रमुख निलम ढुङानाले स्वागत मन्तव्य गरेकी थिइन भने भने भाइस प्रीन्सिपल जेबि थुलुङले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रममा मोरङ क्षेत्र ३ स्थित प्रदेश सभा 'ख' का सांसद राजकुमार विशिष्ठ आतिथ्यता रहेकोको थियो भने, सुन्दरहरैचा का मेयर शिव ढकाल , प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज बासिष्ठ उपाध्यक्ष टीका ढकाल ,सुन्दरहरैचाका नगरपालिका उपमेयर धना तामाङ ,बेलबारी उपमेयर तरा पराजुली ,पथरीको उपमेयर यमुना बिष्ट बास्तोला लेटाङ नगरपालिका उपमेयर कानेपोखरी गाउपालीका उपाध्यक्ष राजकुमारी इङ्नाम,नेकपा नेता केदार गुरागाइ लगायतको आतिथ्य रहेको थियो ।
समापन फागुन ८ गते सांसद राजकुमार ओझाको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा अक्षयकोषको स्थापनाबाट ४ जना बिद्यार्थीहरुलाइ जनही ४ हजारका दरले पुरस्कार बितरण गरिने , उतकृष्ट स्टल हुने शिक्षकहरुलाइ पुरस्कृत गरीने र केही अभिभावकहरु र सहयोगीहरुलाइ सम्मान गरीने र छिमेकी बिधालयहरु लाई अवलोकन गराइने भाइस प्रीन्सिपल जेबि थुलुङले बताए। २०५१ सालमा २७ जना बिद्यार्थीहरुबाट पठन पाठन सुरुगरीएको बिधालयमा उच्च माध्यमिक तहसम्ममा १३ सय पचास बिद्यार्थीहरुले अध्यन गरीरहेका छ्न ।





















